+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हचुमासा वनको सचिव ढकाललाइ आक्रमणको धम्की -अनि आयो राजीनामा

बाटिका अनलाइन
२०८१ पुष १०, बुधबार

हचुमासा सामुदायिक वन उपभोक्ता समूहकी सचिव प्रभा नेपालले काठको विल गर्न केही ढिलाई भएको कुरामा आफूलाई आर्थिक अनियमितताको आरोप लगाएकोमा आपत्ति जनाउँदै धाकधम्की दिएर राजीनामा दिन बाध्य पारिएको बताएकी छन् ।

उनले गत असार ३१ गते सबै उपभोक्ताहरुले काठ लगिसकेपछि समितिका सदस्य तथा पदाधिकारीहरुले पनि काठ लैजाने क्रममा आफ्नो भनिएको काठ समितिका उपाध्यक्ष र सदस्यहरुले गाडीमा हाली पठाएको र त्यसबारे कार्यालय समय पछाडी मात्र थाहा भएर लेखा हेर्ने समिति सदस्यको व्यस्तताकां कारण विल गर्न ढिलाइ भएको स्पष्ट पारेकी छन् । उनले सो कुरालाई ठुलो अपराधझै मानी स्थानीय राजनैतिक पार्टीेका केही व्यक्तिहरूले कार्यालयमा आई गाली बेइज्जतीपूर्ण भाषामा आफूलाई धाकधम्की दिएर राजीनामा गर्न बाध्य पारिएको विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

‘मैले कसुर ठहरे सजायको भागी बन्न तयार छु भन्दाभन्दै पनि कार्यालय ताला लगाउने र कार्यालयको सम्पूर्ण काममा अबरोध गर्ने धम्कीपूर्ण शैलीमा प्रस्तुत भई अभद्र व्यवहारले मलाई राजीनामा गर्न बाध्य बनाइयो । र, मैले संस्थाको हित र ममाथि हुन सक्ने आक्रमणको त्रासले राजीनामा दिएकी हुँ ’ उनले विज्ञप्तिमा भनेकी छन् ,‘यसवाट पर्नजाने असरप्रति सम्पूर्ण उपभोक्ता महानुभावप्रति क्षमा याचना गर्दछु ।’

अर्जुनधारा– १ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहमा आर्थिक अनियमितता भएको भन्दै स्थानीय जनप्रतिनिधिहरुले पुष ६ गते समूहको कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी भएकै दिन सचिव नेपालले राजीनामा दिएकी थिइन् ।गत आर्थिक वर्ष २०८०–०८१ को असार ३१ गते १७ किवी काठ बिक्री भएको थियो । त्यसको रकम भदौ २० गते जम्मा भएको देखिएको छ ।pratidinbata

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ