नेपाल भेनियर उत्पादक संघका उपाध्यक्ष बिमल प्रधानको असामयिक निधन
झापा, चैत १३ ।
नेपाल भेनियर उत्पादक संघका उपाध्यक्ष बिमल प्रधानको असामयिक निधनले उद्योग क्षेत्र शोकमा परेको छ।
उद्योगी, व्यवसायी तथा समाजसेवीका रूपमा परिचित प्रधानको निधनको खबरले धेरैलाई स्तब्ध बनाएको छ।
प्रधानले २०८१ फागुन ९ गते मात्र नेपाल भेनियर उत्पादक संघको उपाध्यक्ष पदभार ग्रहण गरेका थिए।
सोही दिन झापा चारालीमा आयोजित कार्यक्रममा विभिन्न उद्योगी-व्यवसायी तथा संघका पदाधिकारीहरूसँग भेटघाट तथा अन्तरंग कुराकानी गरेका क्षणहरू , तालै रहेको नेपाल अलैची व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष राजकुमार कार्कीले बाटिका अनलाइनलाई बताए ।
व्यवसायिक क्षेत्रमा उनले पुर्याएको योगदान उल्लेखनीय रहेको उद्योगी मित्रहरूले बताएका छन्। प्रधानको निधनले झापा क्षेत्रका उद्योगीहरू एक ऊर्जावान नेतृत्व गुमाएको महसुस गरिएको नेपाल भेनियर उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष दिनेश शाक्यले बताउनुभयो।