+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हात्ती प्रभावित बाहुनडांगी काकरभिटा सडक कालोपत्रे शूरु…

बाटिका अनलाइन
२०८१ चैत्र १५, शुक्रबार

बिर्तामोड,( रासस)

मेचीनगर नगरपालिकाको गौरवको योजना अन्तर्गत पर्ने सहिद विश्वनाथ मार्गको कालोपत्रे कार्य आजदेखि औपचारिक रूपमा सुरु भएको छ।

विश्व बैंकको आयोजनामा निर्माण भइरहेको उक्त सडकको पूर्वपश्चिम लोकमार्ग स्थित काकरभिट्टा बजार को भट्टराई चोकदेखि बाहुनडाँगी बजारसम्मको ८.५ किलोमिटर खण्ड कालोपत्रे गर्ने कार्य सुरु भएको हो।

पहिलेको सूर्योदय मार्गलाई सहिद विश्वनाथ घिमिरेको नाममा परिवर्तन गरी सहिद विश्वनाथ मार्गको रूपमा विस्तार गरिएको हो। नगरपालिकाका इन्जिनियर जीवन भट्टराईका अनुसार, उक्त सडकको ३० करोड ८७ लाख ५७ हजार ९१८ रुपैयाँ २० पैसामा सम्झौता गरी ठेक्का दिइएको छ। ठेक्का कनकाई इन्टरनेशनल विल्डर्स प्रालि ले लिएको छ, जसले आगामी २०२५ जुलाई १५ भित्र काम सक्ने लक्ष्य राखिएको ठेकेदार कम्पनीका राम मैनालीले जानकारी दिए।

इन्जिनियर जीवन भट्टराईका अनुसार आजदेखि सुरु भएको यो सडकमा बेलुका सम्ममा ८०० मिटर खण्डमा कालोपत्रे हुनेछ। क्रमशः अन्य भागमा पनि कालोपत्रे गर्दै जाने योजना छ। निर्माण प्रक्रियामा स्थानीयवासीहरूबाट काममा अवरोध हुनसक्ने तर्फ इङ्कित गर्दै मेची नगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द बुढाथोकीले स्थानीय बासिन्दाहरूलाई निर्माण कार्यमा सहयोग गर्न आग्रह गरेका छन्। सडकलाई कालोपत्र गरिएको समयमा हिडडुल र आवतजावतलाई केही समयको लागि बन्द गर्नुपर्ने र अन्य अन्य किसिमका काममा सहयोग गर्न स्थानीयवासीलाई नगर प्रमुख बुढाथोकीले अनुरोध गर्नुभएको हो। उनका अनुसार ड्रेनसहित गुणस्तरीय सडक निर्माण हुनेछ।
यो सडक निर्माण भएसँगै काकरभिट्टाबाट नकलबन्दा हुँदै बाहुनडाँगीबाट इलामको रोङ गाउँपालिका जोड्ने सजिलो र उत्कृष्ट छ भन्ने बुढाथोकीले जानकारी दिए ।
मेचीनगर नगरपालिकाको अर्को गौरवको योजना सहिद विरेन राजबंशी मार्गको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको बुढाथोकीले जानकारी दिनुभएको छ। धुलाबारीदेखि मेचीनगर–९ थोप्लेविरानसम्म ४.८ किलोमिटर सडक निर्माण भइ रहेको छ। उक्त मार्गको करिब ८७ करोड रुपैयाँमा ठेक्का एनएनटी डेभलोपर्स, भारत (पटना) कम्पनी ले लिएको छ। यो सडकको समेत धेरै काम हरु अन्तिम ठाउँमा पुगेको र चाँडै नै नगरवासीको लागि यो आयोजना सम्पन्न हुने र नेपालकै हङकङ बजार भनेर चिनेको धुलाबारी बजार को समेत महत्त्व र विकासमा टेवा पुग्ने मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईले जानकारी दिए।
पछिल्लो समय मेचीनगरको व्यापार व्यवसायमा निकै समस्या आइरहेको समयमा बन्न लागेको यो धुलाबारी बजारको मुख्य सडक उत्कृष्ट बन्न सके व्यापार र व्यवसायमा समेत थप ऊर्जा मिल्ने अपेक्षा राखिएको बताउनुभयो

आजदेखि सुरु भएको कालोपत्रे कार्यको अवलोकन तथा निरीक्षण नगर प्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, ६ नम्बर वडाका सदस्य ध्रुवकुमार राई र भविन्द्रराज सुब्बा लगायतले गरेका थिए।

गुणस्तरीय सडक निर्माणले नगरको विकासलाई थप गति दिने विश्वास गरिएको छ।..

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ