बिर्तामोड, झापा – ऊर्जा बचत र आधुनिक प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ हिमस्टारले बिर्तामोडमा ‘इलेक्ट्रिक प्रेसर कुकर प्रदर्शनी तथा सचेतना कार्यक्रम’ सम्पन्न गरेको छ। इन्द्रेणी ब्यांक्वेटमा आयोजित कार्यक्रममा सहभागीहरूले इलेक्ट्रिक प्रेसर कुकरबारे विस्तृत प्रयोगात्मक जानकारी प्राप्त गरेका थिए।
इलेक्ट्रिक प्रेसर कुकरको विशेषता
हिम इलेक्ट्रोनिक्स प्रालिका कर्पोरेट सेल्स मेनेजर रामसुन्दर श्रेष्ठका अनुसार इलेक्ट्रिक प्रेसर कुकर परम्परागत कुकरभन्दा सफा, सुरक्षित, अटोमेटिक र किफायती छ। यसले खाना छिटो, स्वस्थकर र स्वादिष्ट बनाउँछ।
कार्यक्रममा हिमस्टारका लागि बिर्तामोडका आधिकारिक बिक्रेता महेन्द्ररत्न स्टोर्सका सञ्चालक प्रशान्त भण्डारीले इलेक्ट्रिक प्रेसर कुकरमा प्रेसर कुकर र राइस कुकरको संयुक्त विशेषता रहेको जानकारी गराए।
प्रयोगात्मक अभ्यास र एक्सचेन्ज अफर
प्रदर्शनीका क्रममा फिल्ड कोअर्डिनेटर सुधा गुरुङ, डेमो एक्जेक्युटिभ सुष्मा तामाङ र विनु ठकुरीले कुकरको प्रयोग गर्दै खाना तथा मासु पकाउने अभ्यास गराएका थिए।
कार्यक्रममा पुरानो प्रेसर कुकर साटेर नयाँ विद्युतीय कुकर लिन सकिने एक्सचेन्ज अफर समेत सञ्चालन गरिएको थियो। महेन्द्ररत्न स्टोर्सकी सञ्चालक सम्झना भण्डारीका अनुसार उक्त अफरले ग्राहकलाई वातावरणमैत्री प्रविधिमा रूपान्तरण गर्न सहयोग गर्नेछ।
ऊर्जा बचतका लागि विद्युतीय उपकरणको प्रवर्द्धन
कार्यक्रम ऊर्जा बचत सचेतना अभिवृद्धि गर्ने अभियानअन्तर्गत गरिएको हो। आधुनिक प्रविधिको अपनत्व बढाउँदै सुरक्षित, दिगो र भरपर्दो विकल्पप्रति उपभोक्तालाई आकर्षित गराउने लक्ष्य रहेको आयोजकको भनाइ छ।
हिमस्टारको यो प्रदर्शनीले झापा जिल्लामा विद्युतीय उपकरणप्रतिको जागरूकता बढाउने अपेक्षा गरिएको छ।