+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सगरमाथा संवाद शुक्रबारदेखि काठमाडौँमा, १७५ विदेशी अतिथि सहभागी हुने

बाटिका अनलाइन
२०८२ जेष्ठ २, बिहीबार

काठमाडौँ, रासस

नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ। ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा केन्द्रित संवाद जेठ ४ गतेसम्म सञ्चालन हुनेछ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका अनुसार संवादमा १७५ विदेशी अतिथिसहित करिब ३५० जना सहभागी हुनेछन्। उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् भने संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटेरेसको सन्देश श्रव्यदृश्य माध्यमबाट प्रस्तुत गरिनेछ।

भारत र चीनलगायत १२ देशबाट उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुनेछन्। कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपति प्रतिनिधिको पनि विशेष सम्बोधन रहनेछ।

‘द सोल्टी होटल’मा हुने उद्घाटन सत्रपछि शुक्रबार दिनको ११ः३० बजेबाट ‘प्लेनरी सेसन’ सुरु हुनेछ। दिउँसोदेखि १२ वटा समानान्तर सत्र सञ्चालन हुनेछन्, जुन शनिबारसम्म चल्नेछ।

सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायत ६१ अन्तर्राष्ट्रिय तथा स्वदेशी संस्था सहभागी हुनेछन्। संवादबाट निस्किने निष्कर्षलाई सरकारले नीति निर्माणमा समावेश गर्ने तयारी गरेको छ।

कार्यक्रमको अन्तिम दिन पर्वतीय उडानमार्फत हिमाल अवलोकन गराइनेछ र ‘काठमाडौँ घोषणा’ जारी गरिनेछ। सरकारले अब सगरमाथा संवाद हरेक २ वर्षमा आयोजना गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ