बचत तथा ऋण सहकारी संघ झापाको चौथो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति तथा लेखा सुपरिवेक्षण समितिलाई सोमबार बिर्तामोडमा सपथग्रहणसहित पद हस्तान्तरण गरिएको छ।
आगामी चार वर्षे कार्यकालका लागि युवराज गिरीको नेतृत्वमा निर्वाचित कार्यसमिति र लेखा सुपरिवेक्षण समितिले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्। सपथग्रहण कार्यक्रम संघका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कोन) का महासचिव घनश्याम अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
निर्वाचन समिति संयोजक देवेन्द्र भण्डारीले नवनिर्वाचित अध्यक्ष गिरीसहित सम्पूर्ण पदाधिकारी, सदस्य तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीलाई सपथग्रहण गराएका थिए। कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा प्रमुख अतिथि अधिकारी, जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार सापकोटा, वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटालगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए।
उद्घाटन सत्र निवर्तमान अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने दोस्रो सत्र नव–निर्वाचित अध्यक्ष युवराज गिरीको अध्यक्षतामा सञ्चालन गरिएको थियो।
बाइट
पदभार ग्रहणपछि बोल्दै अध्यक्ष गिरीले सहकारी क्षेत्र हाल जर्जर अवस्थामा पुगेको उल्लेख गर्दै देखिएका समस्याको समाधानका लागि प्रतिबद्ध भएर काम गर्ने बताए। “अब बोल्ने होइन, काम गर्ने समय आएको छ,” उनले भने, “नयाँ कार्यसमितिले सहकारीकर्मी र कर्मचारीको हितमा काम गरेर देखाउनेछ।”
कार्यक्रमको सञ्चालन संघकी व्यवस्थापक कोपिला बजगाँई र सचिव विनोद ढकालले संयुक्त रूपमा गरेका थिए। अध्यक्ष पदमा निर्वाचन भएको थियो भने अन्य पदहरू सर्वसम्मत चयन भएका हुन्।
संघको उपाध्यक्षमा यामकुमार चुडाल, महिला उपाध्यक्षमा सुशिला रिजाल, सचिवमा विनोद ढकाल तथा सदस्यहरूमा हिमालय प्रकाश लिम्बु कन्दङ्वा, महेश घिमिरे, मित्रलाल खनाल, उमाकान्त आचार्य र संगीता कोइराला सर्वसम्मत निर्वाचित भएका छन्।
यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा जगन्नाथ भट्टराई तथा सदस्यहरूमा गायत्रीप्रसाद मैनाली र डिल्लीराम ढकाल सर्वसम्मत निर्वाचित भएका छन्।
कार्यक्रममा बोल्दै नेफस्कोनका महासचिव घनश्याम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्याहरू अन्त्य गर्न केन्द्रीय स्तरबाट पहल भइरहेको बताए। साथै संघका अध्यक्ष तुलाराम न्यौपानेले पछिल्ला समयमा सहकारी क्षेत्रमा विभिन्न जोखिमहरू देखा परेको उल्लेख गर्दै सजगताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए।
बाइट
पछिल्लो समय नेपालका सहकारीहरूमा विभिन्न किसिमका जोखिमहरु परेका छन् भने पछिल्लो समय नेपाल सरकारले समेत सहकारीहरूमा विभिन्न ऐनहरु ल्याउँदै कानुनी प्रक्रियालाई कडाई गरेको छ