राजकुमार ओली
झिलझिले झापा
झापाको शिवसताक्षीमा ११ करोड रुपैयाको लागतमा विद्युतीय चार्जिङ स्टेसन सहितको अत्याधुनिक इन्द्रेणी पेट्रोल पम्प सन्चालन शुरु भएको छ ।झापा कन्काइका दुइ युवा व्यावसायी दिपक चापाँगाइ र जनक कार्कीले कोशी प्रदेशमा नयाँ टेक्नोलोजी सहितको इन्द्रेणी पेट्रोल पम्प सन्चालन शुरु गरिएको हो ।
झापाको शिवसताक्षी नगरपालिका–९ स्थित संगमचोकमा अन्तर्राष्ट्रिस्तरको अत्याधुनिक पेट्रोल पम्प सञ्चालन आएपछि स्थानियवासीहरु समेत आफुले सेवा सुविधा बढदै जानेमा आसाबादी देखिएकाछन ।
कोशी ‘प्रदेशकै ठूलो’ र सुविधा सम्पन्न इन्द्रेणी पेट्रोल पम्प सञ्चालन भएसगै शिवसताक्षीका स्थानियबासीहरुमा उत्साह थपिएको देखिएको छ । बैदेशिक रोगजारबाट फर्किएका दुई युवा व्यवसायी दिपक चापागाईं र जनक कार्कीको ११ करोड रुपैयाँको लगानीमा अत्याधुनिक एवम् सुविधा सम्पन्न पेट्रोल पम्प सञ्चालनमा आएको नगर प्रमुख रोशन थोप्र्राले बाटिका अनलाइनलाइ बताउनुभयो ।
पम्प निर्माणको करिब ९९ प्रतिशत काम सकिएको सञ्चालक चापागाईंले बताउनुभयो । स्वदेशै लगानी गरेर केही गर्नुपर्छ भन्ने सोचका साथ पम्प सञ्चालनमा ल्याउन लागिएको दुवै युवा व्यवासायी बताउनुहुन्छ ।
एसियन हाइवेसँग जोडिएको पम्प एक बिघा क्षेत्रफलमा निर्माण गरिएको छ । पम्पबाट एकै पटकमा आठ वटा सवारी साधन इन्धन भर्न सकिनेछ । पम्प हाताभित्र मिनिमार्ट, रेष्टुरेन्ट, कफी सप, लुब्रिकेन्ट सप, भेहिकल सर्भिस सेन्टर, अपाङ्गमैत्री शौचालय, बैंक एटिएम, स्नान गृहसमेत रहने अर्का सञ्चालक कार्कीले बताउनुभयो ।
नेपाल आयल निगमले तोकेको नमूना पेट्रोल पम्पको मापदण्ड अनुसार निर्मित पम्पमा विद्युतीय चार्जिङ स्टेशत समेत रहने छ । चाँडै सञ्चालनमा आउने पम्प १५ जनाले प्रत्यक्ष रोजगारी समेत पाउने छन् ।