राजकुमार ओली
कन्काइ कोटीहोम
कनकाई माई मेला यसपटक माघे सङ्क्रान्तिको मेला मा ५लाख धेरै दर्शक र भक्तजनहरुले अवलोकन गरेकाछन।
प्रत्येक वर्ष माघे सङ्क्रान्तिको अवसरमा शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिकाको बीच भएर बग्ने माईखोलाको दुबै पट्टी लाग्दै आएको कन्काई माई मेला यसपटक पनि भब्य रूपमा लागेको हो।
वर्षेनी माईमेलामा तीन लाखभन्दा बढी भक्तजन तथा दर्शकहरु आउने गरेको भएपनि यो वर्ष कोटीहोम परिसर र माइधार परिसरमा ५ लाख भन्दा भक्तजन र दर्शकहरुको आगमन भएको पाइएको कन्काइ नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले पुर्वखवरलाइ जानकारी दिनुभएको छ ।
माई मेलामा आएर मकर नुहाई पूजा, आरधना गरेमा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको बरिष्ठ सन्चारकर्मी एवम कलाकार राजेश घतानीले बताउनुभएको छ ।
आफुहरुको वुवाहरुको पालादेखि नै कन्काइ माइ मेलाको महिमा तथा महत्व रहदै आएको भएपनि आफुहरुले बालककाल देखि नै यो मेलालाइ नजिकबाट नियाली रहेको जानकारी गराउनुभएको छ ,
तर विगतका वर्षहरुका मेला भन्दा यो वर्षका मेला निक्कै व्यावस्थित तथा यातायात सहजीकरण भएको आफुले पाएको घतानी बताउनुहुन्छ ।
कनकाई नदीलाई भगवती माईदेवीका रुपमा मान्ने गरिएको छ । भगवती माईदेवीमा स्नान गरेपछि मनोकांक्षा पुरा हुने स्थानिय एवम कन्काइ माइ मेला व्यावस्थापन समितीका अध्यक्ष किरण मैनालीले पुर्वखवरलाइ बताएं ।
नेपाल लगायत छिमेकी मुलुक भारतबाट समेत मकर स्नानका लागि आउनेहरुको संख्या उल्लेख्य हुने गरेको र विगतका बर्षहरु भन्दा यो वर्ष सुरक्षा तथा व्यावस्थापनमा निक्कै सुधार गर्न सकिएको मेला व्यावस्थापन समितीका सचिव सरोज पोखरेलले जानकारी दिए।
मेलामा सवै किसिमका सुविधाहरुलाइ लक्षित गरि व्यावस्थापन गर्न खोजिएको सवारी ,अटो गाडी व्यावस्थापनमा विगतका वर्षहरुको अनुभवलाइ मुल्याकन गर्दै नगर प्रहरी जिल्ला प्रहरी कार्यलय इलाका प्रहरी कार्यलय कन्काई जिल्ला टाफिंक प्रहरी कार्यलय विर्तामोडको समेतमा चुस्त दुरुस्त बनाउन पहल गरिएको आयोजकका प्रचार विभागका सयोंजक एवम कन्काइ प्रेस क्लवका निवर्तमान अध्यक्ष राम निरौलाले बताए ।
गत वर्ष कन्काई माइमा कुम्भमेला आयोजना गरि नेपाल र भारतमा चर्चामा देखिएको कन्काइ नदीको महत्व अझ खारिएर गएको कन्काइ धार्मिक विकास सस्थांले कोटीहोम परिसरमा धार्मिक महत्वको पुजा तथा यज्ञलाइ प्राथमिकता दिएर सेवा विस्तार गरिरहेको अध्यक्ष शेर बहादुर थापाले बताउनुभएको छ ।
कन्काइ नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोखरेल र शिवसताक्षी नगरपालिकाका नगर प्रमुख रोशन थोप्राले कन्काइ नदीको दुवै किनारामा मेला आयोजना गर्न सल्लाह बमोजिम अघि बढेको र कन्काइ माइ नदीको गरिमालाइ अझ विस्तार गर्न दुवै नगरपालिकाले भुमिकालाइ अझ सक्रिय बनाएको बताउनुभएको छ ।
अवका आउने दिनमा मेलालाइ अझ व्यावस्थित गर्न तथा भक्तजनहरुको सुविधाका लागि सहजीकरण गर्न आफुहरुले कन्काइ नगरपालिकाबाट नै निर्णय गरेर अघि बढन पहल गरिने वडा अध्यक्ष रोशन सुवेदीले बताउनुभएको छ ।
नेपालकै धर्म र सेवा सँग जोडिएको यो कन्काइ धाममा अवको दिनमा अझ दिगोपनका सेवाहरुलाइ विस्तार गर्दै कन्काइ आर्यघाट र सहारा नेपाल सहित समर्पण नेपालको सहयोगमा एक का लागि एक अभियान सन्चालन गरिएको र सोही अभियानबाट कन्काइ नगरपालिकाको यो कन्काइ कोटीहोममा सर्पदशं उपचार सेवा समेत सन्चालन गर्न सकिएको छ ।अवको दिनमा नेपालकै नमुना स्थल बनाउन सवैको पहल र दायित्व रहने भएकोले यो पवित्र स्थललाइ सवैको भुमिकाको खाँचो देखिएको छ ।