+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिर्तामोडमा सामुदायिक वनभित्र स्विमिङ पूल सञ्चालनमा

बाटिका अनलाइन
२०८२ भाद्र ७, शनिबार

बिर्तामोड (झापा), भदौ ७ : झापाको बिर्तामोड नगरपालिका–७ स्थित सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन क्षेत्रभित्र निर्माण गरिएको स्विमिङ पूल शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

कोशी प्रदेशका खानेपानी तथा सिँचाइ मन्त्री एकराज कार्कीले रिबन काटी उद्घाटन गरेका उक्त स्विमिङ पूल सामुदायिक वन संरक्षणसँगै स्थानीय युवायुवतीलाई स्वास्थ्य, खेलकुद र मनोरञ्जनका गतिविधितर्फ आकर्षित गर्ने उद्देश्यले स्थापना गरिएको हो।

कार्यक्रममा सामुदायिक वनका अध्यक्ष कृष्णप्रसाद लिम्बुको अध्यक्षता रहेको थियो। सो अवसरमा बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, रेनुका उप्रेती, मोहन सुब्बा, नवीन भट्टराई, देवराज कार्की, देवेन्द्र खवास, चन्द्रमणि खरेल, डिल्ली ओलीलगायतको उपस्थिति रहेको थियो।

वनका सचिव इन्दिरा अधिकारी बाँस्कोटाले सञ्चालन गरेको कार्यक्रमको स्वागत मङ्गलसिंह सावाले गरेका थिए।

सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीका अनुसार सो क्षेत्रलाई “सहिद पार्क”का रूपमा विकसित गर्ने योजनाअनुसार स्विमिङ पूलको निर्माण अघि बढाइएको हो। अहिले सामान्य संरचना तयार भइसकेको र आगामी दिनमा पार्कभित्र बोटबिरुवा, विश्रामस्थल, खेल मैदान र बालबालिकाका लागि अन्य मनोरञ्जनात्मक सुविधा थप गर्दै लैजाने योजना रहेको बताइएको छ।

स्थानीय युवाले लामो समयदेखि यस्तो मनोरञ्जनस्थलको माग गर्दै आएका थिए। समितिले उपभोक्ताको स्वेच्छिक श्रमदान, सहयोग तथा स्थानीय निकायको समन्वयमा स्विमिङ पूल निर्माण गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ