+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोशी भ्रमण वर्ष २०८२ : ट्राभल्स व्यवसायीहरूको कन्याममा भव्य भेलाको तयारी

बाटिका अनलाइन
२०८२ जेष्ठ १५, बुधबार

राजकुमार ओली, १४जेठ: इलाम

कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालयले घोषणा गरेको कोशी भ्रमण वर्ष २०८२ को अवसर पारेर कोशी प्रदेशभरका ट्राभल्स व्यवसायीहरू एकै स्थानमा भेला हुने भएका छन्।
नाट्टा (नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स) कोशी प्रदेशको समन्वयमा आगामी कार्यक्रमको तयारी भइरहेको छ।

नाट्टा कोशी प्रदेशका महासचिव नवीन खरेलले जानकारी दिनुभयो, “कोशी प्रदेशका ट्राभल्स व्यवसायीहरू कन्याम, इलाममा प्रशिक्षण, छलफल, अन्तर्क्रिया र परिचय आदानप्रदान गर्दै कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले भव्य कार्यक्रमको तयारीमा जुटेका छम।

कोशी प्रदेशको ट्राभल्स व्यवसायको अवस्था कस्तो छ?

कोशी प्रदेश पर्यटनको अपार सम्भावनाले भरिएको क्षेत्र हो। यहाँ सगरमाथादेखि कन्यामको हरियाली, पाथीभरा मन्दिर, तेस्रो उच्चतम सगरमाथा भ्यूप्वाइन्ट सप्तकोशीको सुन्दरता लगायतका गन्तव्यहरू रहेका छन्। तर ट्राभल्स व्यवसायीहरूका अनुसार:

पर्याप्त पूर्वाधारको अभाव (सडक, होटल, स्वास्थ्य केन्द्र)

प्रचार-प्रसारको कमि

विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने योजनाको अभाव

दक्ष जनशक्तिको कमी र व्यवसायमा लगानीको चुनौती
जस्ता समस्याहरू छन्।

अब के गर्नुपर्छ?

पूर्वाधार विकास : कन्याम, इलाम, पाथीभरा, सप्तकोशी, अन्तु भोजपुर जस्ता गन्तव्यहरूमा यातायात, होटल र पूर्वाधारको सुधारमा थप आयोजना तयारी

दक्ष जनशक्ति उत्पादन : ट्राभल्स व्यवसायसँग जोडिएका गाइड, पर्यटन कर्मचारीहरूलाई तालिम।

नयाँ गन्तव्य प्रवर्द्धन : कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्यहरू (साँखुवा सभा, खोटाङ, उदयपुर)लाई अगाडि ल्याउने।

समन्वय र लगानी : निजी क्षेत्र, सरकार र पर्यटन संघसंस्थाबीच सहकार्य।

आन्तरिक पर्यटन प्रवर्द्धन : देशैभित्रका पर्यटकहरूलाई आकर्षित गर्ने योजना।

नवीन खरेलका अनुसार, “कोशी प्रदेशमा ट्राभल्स व्यवसायीहरूबीच समन्वय र सहकार्यको अझ मजबुत र बलियो बनाउँदै विहार र पश्चिम बङ्गालका पर्यटन आकर्षण गर्न कार्यक्रमहरु तयारी गर्ने किसिमका गुरुयोजनाको अभ्यास गरिरहेको बताउनुभएको छ।कन्याममा हुने भेला यस्ता विषयमा साझा दृष्टिकोण बनाउने र समस्याहरू समाधान गर्ने थलो बन्नेछ।”

कोशी भ्रमण वर्ष २०८२ ले ट्राभल्स व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। कोशी प्रदेशको पर्यटनको उज्यालो भविष्य निर्माणमा यो भेला महत्वपूर्ण कडी बन्ने देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ