+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गलगलिया –भद्रपुर हुदैं विराटनगरबाट विहार जोडने ‘चिकन्स नेक’ बाइपास रेलमार्ग निर्माण गर्ने भारतको योजना

बाटिका अनलाइन
२०८१ श्रावण ३, बिहीबार

भारतले नेपालको विराटनगर हुँदै बिहारको जोगबनीदेखि बंगालको न्यू माल जंक्शनसम्म रेलमार्ग तयार गर्ने योजना अघि सारेको छ । उत्तरपूर्वलाई मुख्यभूमि जोड्ने सिलगढी कोरिडोर, जसलाई ‘चिकन्स नेक’ पनि भनिन्छ, माथिको देशको निर्भरता कम गर्न नेपालबाट रेलमार्ग निर्माण गर्ने योजना बनाएको हो ।
टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार भारतीय रेलवेले यसअघि बंगलादेशमा पनि यस्तै उद्देश्यका लागि ट्र्याक निर्माण गर्ने योजना सार्वजनिक गरेको थियो ।

विराटनगर र नयाँ माल जंक्शनबिचको फाइनल लोकेसन सर्भे (एफएलएस)का लागि रेलवेले १९० किलोमिटर लामो रुट स्वीकृत गरेको छ । प्रस्तावित गलगलिया (बिहार)–भद्रपुर (नेपाल)–काजली बजार (नेपाल) खण्डमा थप १२.५ किलोमिटर नयाँ रेलमार्गको आवश्यकता पर्नेछ।

जोगबनी–विराटनगर ब्रोडगेज खण्डमा भारतमा १८ दशमलव ६ किलोमिटर र नेपालमा १३ दशमलव १५ किलोमिटर ट्र्याक हुनेछ । बिहारको बथनाहा र नेपाल भन्सार यार्डबिचको ७.७४ किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ । नेपाल सरकारले छिट्टै यो खण्डको स्वामित्व लिनेछ । बाँकी खण्डमा काम जारी छ ।

भारतीय मुख्य भूमिबाट उत्तरपूर्व जाने सबै वर्तमान रेल मार्गहरू इस्लामपुरको अलुबारी रोड हुँदै जान्छ। यो नेपाल र बंगलादेशको बिचमा रहेको २२ किलोमिटर चौडा क्षेत्र ‘चिकन्स नेक’ मा पर्छ।

अलुबारीबाट रेलहरू नयाँ जलपाईगुडी जंक्शन वा सिलिगुडी जंक्शनमा जान्छन्। ‘भारतीय रेलवेले ‘चिकेन्स नेक सेक्सन’मा निर्भरता कम गर्नको लागि बंगलादेश र नेपाल हुँदै नयाँ रेलवे जडान मार्गहरूको लागि १४ एफएलएस स्वीकृत गरेको छ,’ सब्यसाची देले भने ।ratopatibata

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ