झापामा ‘पर्यटन पत्रकार मञ्च’ गठन, भ्रमण वर्ष २०८२ प्रवर्द्धनमा सक्रिय अभियान
स्थानीय पर्यटन प्रवर्धनका लागि सञ्चारकर्मीको पहलकदमी, डिजिटल प्रविधि र ग्रामीण पर्यटनमा जोड
बिर्तामोड । झापाका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय स्थलहरूको प्रवर्द्धन तथा प्रचारमा सघाउने उद्देश्यले ‘पर्यटन पत्रकार मञ्च झापा’ गठन भएको छ। बिर्तामोडको विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिमा आज आयोजित एक विशेष कार्यक्रमका बीच पत्रकार विनोद पण्डेको अध्यक्षतामा मञ्चको तदर्थ समिति गठन गरिएको हो।
पर्यटन पत्रकार मञ्चको नेतृत्व टोली
पर्यटन प्रवर्द्धनका लागि सञ्चार जगतबाट प्रभावकारी योगदान पुर्याउने लक्ष्यसहित गठन भएको मञ्चको नेतृत्व यस प्रकार रहेको छ:
✅ अध्यक्ष – विनोद पण्डे
✅ उपाध्यक्ष – पुष्प बराल
✅ सचिव – हिमाल खरेल
✅ कोषाध्यक्ष – प्रकाश बानियाँ
✅ सहसचिव – नारायण अर्याल
✅ सदस्यहरू – इन्द्रजीत मुखिया, प्रेम आचार्य, विष्णु श्रेष्ठ, धर्मराज प्रसाईं
समितिले झापाको पर्यटन प्रवर्धनलाई डिजिटल माध्यममार्फत विश्वभर पुर्याउने तथा भ्रमण वर्ष २०८२ लाई सफल बनाउन विशेष अभियान सञ्चालन गर्ने लक्ष्य लिएको छ।
पर्यटन प्रवर्द्धनमा रणनीतिक छलफल
पर्यटन पत्रकार मञ्चको घोषणा कार्यक्रममा झापाका पर्यटन विकाससँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति थियो। छलफलका क्रममा पर्यटन प्रवर्द्धनका अवसर, चुनौती र सम्भावित रणनीतिहरूबारे बहस गरियो।
कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टा झापाका प्रमुख छविलाल खतिवडा, बिर्तामोड–३ का वडा अध्यक्ष मदन बुढाथोकी, नाट्टा कोशी प्रदेशका महासचिव नविन खरेल, होटल व्यवसायी संघ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठ, महासचिव शिवराज पौडेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिका अध्यक्ष इन्द्रप्रसाद प्रसाईं लगायतका व्यक्तित्वहरूले आआफ्नो धारणा व्यक्त गरे।
पर्यटन प्रवर्धनका प्रमुख सुझावहरू
छलफलमा सहभागी वक्ताहरूले झापाको पर्यटन विकासका लागि निम्न रणनीतिहरू अवलम्बन गर्नुपर्ने सुझाव दिए:
✔ डिजिटल प्रवर्धन – झापाका पर्यटकीय स्थलहरूको प्रोमोशनल भिडियो, वृत्तचित्र तथा डिजिटल मार्केटिङमार्फत प्रचार गर्नुपर्ने।
✔ स्थानीय होटल र व्यवसायमा प्रवर्धन – होटल तथा रेस्टुरेन्टमा झापाका प्रमुख पर्यटकीय क्षेत्रबारे सूचना तथा तस्बिर राख्नुपर्ने।
✔ ग्रामीण पर्यटनमा जोड – झापाको ग्रामीण तथा सांस्कृतिक पर्यटनलाई प्राथमिकता दिँदै पर्यटकलाई गाउँस्तरमै आकर्षित गर्ने योजना बनाउनुपर्ने।
✔ नीतिगत सुधारका पहल – स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य गर्दै पर्यटन पूर्वाधार, सूचना बोर्ड तथा सहज यातायात प्रवर्द्धन गर्नुपर्ने।
झापाको पर्यटन सम्भावना र आवश्यक पहल
झापा प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र धार्मिक स्थलहरूले भरिपूर्ण जिल्ला हो। यहाँ कनकाई धाम, विराटपोखरी, अर्जुनधारा, सताक्षीधाम, मेचीकाली, घैलाडुब्बा, चाराली जंगल सफारी, बाह्रदशीको जैविक विविधता क्षेत्र लगायतका प्रमुख पर्यटकीय गन्तव्यहरू रहेका छन्।
तर, यी गन्तव्यहरूको प्रभावकारी प्रचार–प्रसारको अभावका कारण अपेक्षित मात्रामा पर्यटक भित्र्याउन नसकिएको सरोकारवालाहरू बताउँछन्। पर्यटन पत्रकार मञ्च झापाले यी पर्यटकीय स्थलहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्दै पर्यटन क्षेत्र लाई आर्थिक व्यवसायमा जोड्ने लक्ष्य बनाएको छ
पछिल्लो समय बिर्तामोडमा आसपासको क्षेत्रमा मात्रै करिब १६०० धेरै होटल रहेको पाइएको छ।