+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गैंडाको आक्रमणबाट चौधरीको मृत्यु -विदेशी पर्यटक गम्भिर घाइते

बाटिका अनलाइन
२०८१ भाद्र २१, शुक्रबार

मधुवन नगरपालिका खाता जैविक मार्गस्थित शिव सामुदायिक वनमा शुक्रबार बिहान करिब ८ बजे गैंडाले आक्रमण गर्दा गाइड(पथ प्रदर्शक) को मृत्यु भएको छ । विदेशी नागरिकसहित तीनजना अवलोकन गर्न वनमा गएका थिए ।

सामुदायिक वनको अवलोकन गर्ने क्रममा विदेशी पर्यटकलाई गैंडालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । गैंडाले आक्रमण गर्दा विदेशी पर्यटकलाई बचाउन खोज्दा पथ प्रदर्शक ठाकुरद्वारा नगरपालिका–९ का ३५ वर्षीय मनमोहन चौधरीको घटनास्थलमा मृत्यु भएको प्रहरी उपरीक्षक प्रविण धितालले बताए ।

यसैगरी गैंडाको आक्रमणमा अमेरिकन पर्यटक एमसी सावन र उक्त वनको चौकीदार खिन्चु थारु घाइते भएको प्रनाउ धितालले जनाए ।

उनीहरूलाई ठाकुरबाबास्थित नगर अस्पतालमा उपचारका लागि पठाइएको छ । चौधरीको अवस्था सामान्य भएपनि अमेरिकन पर्यटकलाई गम्भीर चोट लागेको छ ।

स्थानीय परशुराम चौधरीका अनुसार बच्चासहितको गैंडासँग जम्काभेट हुँदा उनीहरू आक्रमणमा रेका थिए । विदेशी पर्यटकलाई जोगाउन खोज्दा चौधरीको ज्यान गएको उनले जनाए ।kantipurbata

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ