+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिर्तामोडमा वास्तु विहारद्वारा सुविधा सम्पन्न कोलोनी निर्माण सुरु

बाटिका अनलाइन
२०८१ फाल्गुन २९, बिहीबार

राजकुमार ओली।

झापा — आकर्षक र सुविधा सम्पन्न घर निर्माणमा परिचित टेक्नोकल्चर विल्डिङ प्रा.लि. (वास्तु विहार) ले झापाको बिर्तामोडमा ३ विगा क्षेत्रफलमा सुविधा सम्पन्न कोलोनी निर्माणको काम सुरु गरेको छ।

स्थानीय जग्गाधनीहरूसँगको सहकार्यमा सुरु भएको यस परियोजनामा २४ महिनाभित्र ७७ वटा घर निर्माण गर्ने योजना रहेको छ। कोलोनीमा २ बिएचकेदेखि ७ बिएचकेसम्मका घरहरू बनाइने छन्। साथै, सामुदायिक हल, सपिङ सेन्टर, पार्क, मठमन्दिर, स्वीमिङ पुल जस्ता अत्याधुनिक सुविधाहरूको समावेश गरिने बताइएको छ।

किस्ताबन्दीमा घर निर्माणको सुविधा

वास्तु विहारले जमिन र पैसाको व्यवस्थापनमा समस्या भएका परिवारका लागि किस्ताबन्दीमा घर निर्माणको सुविधा दिएको छ। सम्झौताअनुसार आवश्यक रकम किस्ताबन्दीमा भुक्तानी गर्दै जान सकिने व्यवस्था मिलाइएको छ।

स्थानीय जग्गाधनी जगन्नाथ खनाल भन्छन्, “वास्तु विहारले व्यवस्थित आवासीय क्षेत्रको रुपमा जग्गा व्यवस्थापन गरेको छ। सडक, विजुली लगायत सम्पूर्ण पूर्वाधारसहित कोलोनी मोडलमा घरहरू निर्माण गरिने छन्।”

सरकारी स्वीकृति र अन्तर्राष्ट्रिय अनुभव

नेपाल सरकारको उद्योग विभाग (विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखा) बाट २०८० साल साउन २२ गते स्वीकृति प्राप्त गरी नेपालमा घर निर्माणको काम सुरु गरेको वास्तु विहारले भारतमा सन् २००२ देखि निर्माण क्षेत्रमा काम गर्दै आएको छ।

भारतमा ३६ हजार घर निर्माण गरेर हस्तान्तरण गरिसकेको कम्पनीले अब नेपालमा १० हजार घर निर्माण गर्ने लक्ष्य राखेको छ।

भुक्तानी प्रणाली र सहजीकरण

जमिन खरिद गर्दा ३० देखि ४० प्रतिशत रकम किस्ताबन्दीमा भुक्तानी गरेपछि जग्गा पास गरिने व्यवस्था मिलाइएको छ। त्यसपछि नक्सा पास गरेर निर्माण प्रक्रिया सुरु गरिनेछ।

वास्तु विहारका अनुसार, “एकै पटक ठूलो लगानी गर्न नसक्नेहरूलाई लक्षित गरी सहजीकरण गरिएको छ। सम्झौताअनुसार रकम भुक्तानी गरेपछि घर हस्तान्तरण गरिने छ।”

उद्देश्य र विस्तार

वास्तु विहारले बिर्तामोड नगरपालिकामा ०८१ साउन १७ गते व्यवसाय दर्ता गरेर काम थालेको हो। कम्पनीले नेपाल र भारतका ५ वटा प्रदेशका ६५ वटा शहरहरूमा आफ्नो सेवा विस्तार गरिसकेको जनाएको छ।

यस परियोजनाले बिर्तामोडमा व्यवस्थित र सुरक्षित आवासीय वातावरण निर्माण गर्दै स्थानीय विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ