+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भरत ताल निर्माणमा भ्रष्टाचार — मेयरसहित तीन जनालाई ८ वर्ष कैद र १० करोड जरिवाना

बाटिका अनलाइन
२०८२ श्रावण ३०, बिहीबार

काठमाडौं, साउन ३०
सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले मेयर भरत थापा, कर्मचारीहरू विमलकुमार पोखरेल र सागर पौडेललाई ८ वर्ष कैद र जनही १० करोड रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।

विशेष अदालतले साउन २१ गते भरत ताल निर्माणका क्रममा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) हिनामिना भएको भन्दै तीनै जनालाई भ्रष्टाचार गरेको ठहर गरेको थियो। बिहीबार सजाय निर्धारण गर्दै अदालतले पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति बुझाउन पनि आदेश दिएको हो।

अदालतको फैसलाअनुसार मेयर थापा र कर्मचारी पोखरेल तथा पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय पाउने भएका छन्।

२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा थापा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार भई मेयर निर्वाचित भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ