+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तोकेको दुधको मूल्य कायम नभए आन्दोलन गर्ने पशुपालन तथा दुग्ध उत्पादक संघको चेतावनी

बाटिका अनलाइन
२०८१ माघ २५, शुक्रबार

मन्त्री परिषदले तोकेको दुधको मूल्य कायम नभए आन्दोलन गर्ने पशुपालन तथा दुग्ध उत्पादक संघले चेतावनी दिएको छ । बिर्तामोडमा आज ९ बिहीबार० पत्रकार सम्मेलन गर्दै संघ झापाले मन्त्री परिषदले तोकेको दुधको समर्थन मूल्य डेरी उद्योगहरुले कायम नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

मन्त्री परिषदले २०७९ फागुन १९ गते कच्चा दुध ४ युनिट फ्याट र ८ युनिट एसएनएफ भएको कच्चा दुधको मूल्य ६५ रुपैयाँ र टीएस बापत थप रकम निर्धारण गरेपनि २०८० कार्तिक २३ गते कोशी प्रदेश डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनमा आबद्ध डेरी उद्योग सञ्चालकहरुले एकलौटी प्रति लिटर ८ रुपैयाँ घटाएको उत्पादक संघको आरोप छ । उनीहरूले २०८० मंसिर १ गतेदेखि दुधको मूल्य घटाएको बताएका छन् ।

२०८० मंसिर ७ गते केन्द्रीय दुग्ध सहकारी संघ लिले २०८० कार्तिक २४ गते र डेरी उद्योग संघ नेपालले २०८० मंसिर ७ गते दुधको मूल्य नघटाई खरिदबिक्री गर्न पत्राचार गरेपनि डेरी उद्योगले बेवास्ता गरेको पशुपालन तथा दुग्ध उत्पादक संघ झापाका अध्यक्ष लक्ष्मीप्रसाद सिटौलाले गुनासो गरे ।

डेरी उद्योगहरुले कोशी प्रदेशमा दैनिक उत्पादित १ लाख ५० हजार लिटर दूध खरिदमा १२ लाख रुपैयाँ कृषकहरुलाई नोक्सान पुर्याइरहेको भन्दै उनीहरुले हालसम्म भएको ५० करोड ४० लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत उनीहरुले माग गरेका छन् ।

अन्य प्रदेशमा मन्त्री परिषदको निर्णय बमोजिम दुध खरिद बिक्री भईरहेपनि कोशी प्रदेशमात्र मूल्य घटाईएको दुग्ध उत्पादक संघ झापाका उपाध्यक्ष दिनेश थापाले बताए । पशुपालनमा खर्च बढिरहेको र काम मूल्यमा दुध बिक्री गर्नु पर्दा कृषकहरुलाई पलायन हुने अवस्था आएको उत्पादक संघले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ