+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दमकमा बौलाहा कुकुरको आतंक: दुई गाईको मृत्यु, ३२ जनाले लगाए रेबिजको भ्याक्सिन

बाटिका अनलाइन
२०८१ चैत्र ८, शुक्रबार

दमकमा रेबिज संक्रमणः दुई गाईको मृत्यु, ३२ जनालाई खोप

राजकुमार ओली।दमक, चैत ८ –
दमक नगरपालिकामा रेबिज संक्रमणको घटना पुष्टि भएको छ। फागुन १४ गतेबाट फैलन थालेको संक्रमणका कारण हालसम्म दुई गाईको मृत्यु भइसकेको छ भने अर्को गाईलाई संका लागेर एकान्तमा परीक्षणका लागि राखिएको छ।

संक्रमणको सुरूवात र फैलावट

दमकमा रेबिज लागेको कुकुरले सुरुमा एउटा गाईलाई टोकेको थियो। त्यसपछि केही दिनमै सोही कुकुरले करिब १४ वटा चौपायालाई टोक्यो। टोकेको दुई दिनमै एक गाईको मृत्यु भयो, र हालसम्म मृत्यु हुने चौपायाको संख्या दुई पुगेको छ।

हाल संकास्पद गाईलाई गोठबाट अलग्गै राखिएको छ। स्थानीयका अनुसार सो गाईको मुखबाट र्याल बगिरहेको छ, र उसले पानी वा कुनै खाना खाएको छैन।

रेबिज पुष्टि र नियन्त्रणका प्रयासहरू

घटनाबारे जानकारी प्राप्त भएपछि दमक नगरपालिकाको पशुपक्षी शाखाका टोलीले स्थलगत अध्ययन गरे। मृत गाईको नमूना प्रयोगशालामा परीक्षण गर्दा रेबिज संक्रमण पुष्टि भएको छ।

नगरपालिकाले संक्रमण फैलिन नदिन संक्रमित कुकुरलाई नियन्त्रणमा लिएको छ। साथै, संक्रमणको जोखिम रहेका व्यक्तिहरूको पहिचान गरी दमक नगरपालिका स्वास्थ्य शाखाले ३२ जनालाई रेबिजविरुद्धको खोप लगाएको छ। छुटेका अन्य व्यक्तिलाई र दोस्रो मात्रा खोप आइतबार लगाइने छ।

मृत चौपाया र जोखिममा रहेका अन्य पशुहरू

हालसम्म मृत्यु भएका चौपायाहरूः

1. मान बहादुर कुरुम्बाङ (दमक-३, दुम्से) – १ गाई मृत्यु

2. मनमाया राई (दमक-३, दुम्से) – १ बहर गोरु मृत्यु

3. रविन आङदेम्बे (दमक-३, दुम्से) – १ गाई गम्भीर बिरामी, निरीक्षणमा

थप चौपायाहरूलाई निगरानीमा राखिएको छ।

दमक नगरपालिकाको अपील

दमक नगरपालिकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। नगरपालिकाका नगर प्रमुख राम थापाले भने, “पीडितहरूको पहिचान गरेर उचित राहतको व्यवस्था गरिनेछ। संक्रमण फैलिन नदिन नगरपालिकाले कुनै कसर बाँकी राख्ने छैन।”

साथै, दुम्से चेतना टोलका सम्पूर्ण वासिन्दालाई कुनै पनि संकास्पद लक्षण देखिएमा तुरुन्तै नगरपालिकालाई खबर गर्न अनुरोध गरिएको छ।
अहिले पशुपंक्षी शाखाले दमकका संक्रमितहरूको पहिचान गरी रेबिजको भ्याक्सिन लगाउँदै गरेको र अन्य पहिचान खुल्न बाँकीको समेत अध्ययन जारी राखिएको उपप्रमुख रेगिना भट्टराईले पूर्व खबरलाई बताउनुभयो

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ