+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जडीबुटी र ऊर्जामा लगानी गर्दै संजीवनी इन्भेस्टमेन्ट कम्पनी: पाठकले गरे उद्घाटन

बाटिका अनलाइन
२०८१ चैत्र ३१, आईतवार

राजकुमार ओली।, ३१ चैत बिर्तामोड
आर्थिक मन्दीको चुनौतीबीच झापाका उत्साही युवाहरूको पहलमा स्थापना गरिएको ‘बिर्तामोड संजीवनी इन्भेष्टमेण्ट कम्पनी लिमिटेड’ को औपचारिक उद्घाटन गरिएको छ।
उद्घाटन समारोहमा कोशी प्रदेशका सांसद चिन्तन पाठकको प्रमुख अतिथिका रूपमा उपस्थित भई कम्पनीको उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा कम्पनीको उद्देश्य, संरचना र भावी योजना सार्वजनिक गरिएको छ।
कम्पनीका अध्यक्ष यामकुमार चुडालले संजीवनी इन्भेष्टमेण्ट कम्पनी पब्लिक लिमिटेड कम्पनी को रूपमा दर्ता भएको जानकारी दिँदै उनका गत असोज २२ गते, बिर्तामोड–४ मा रजिष्ट्रर्ड कार्यालय रहने गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी विधिवत रूपमा दर्ता गरिएको बताउनुभएको हो।

संजीवनी इन्भेष्टमेण्ट कम्पनीमा विभिन्न पेसामा आबद्ध ११४ जना लगानीकर्ताको सहभागिता रहेको छ। कम्पनीको अधिकृत पूँजी २० करोड, जारी पूँजी ६ करोड ६० लाख र चुक्ता पूँजी ५ करोड २८ लाख रुपैयाँ रहेको अध्यक्ष चुडालले जानकारी दिए।

उनका अनुसार कम्पनीले आगामी दिनमा राइट सेयर तथा आईपीओमार्फत पूँजी विस्तार गर्ने, र पूर्वी नेपालको एक अग्रणी तथा विश्वासिलो लगानी संस्थाको रूपमा स्थापित हुने लक्ष्य लिएको छ।

विविध क्षेत्रमूलक लगानी योजना
कार्यक्रममा कम्पनीका सचिव दिनेशकुमार सुवेदीले संजीवनी इन्भेष्टमेण्ट कम्पनीको लगानी योजना विस्तारपूर्वक प्रस्तुत गरे। उनका अनुसार कम्पनीले बैंक तथा वित्तीय संस्था, सेयर बजार, जग्गा-जमिन, हाउजिङ्ग परियोजना, व्यापारिक कम्प्लेक्स, ठेक्का–पट्टा, भौतिक पूर्वाधार निर्माण, जलविद्युत तथा विकास परियोजनाहरूमा लगानी गर्नेछ।

त्यस्तै आयात–निर्यात, शिक्षा, स्वास्थ्य, हस्तकला, कृषि, सुरक्षा, अनुसन्धान, बजार प्रवर्द्धन, र बोलपत्र प्रक्रियामार्फत सरकारी तथा निजी परियोजनामा सहभागिता समेत कम्पनीको लक्ष्यमा समावेश छन्।

उद्घाटन समारोहमा कोशी प्रदेशका माननीय चिन्तन पाठक, प्रदेश सांसद छवि चुडाल, जिल्ला समन्वय समितिका पूर्वअध्यक्ष सोमनाथ प्रोतेल, नेप्सकुन झापाका अध्यक्ष तुलाराम न्यौपाने, उपाध्यक्ष उपेन्द्र ओली, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका सदस्य राजकुमार ओली, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोपाल काफ्ले लगायतको उपस्थिति रहेको कार्यक्रममा सहभागी वक्ताहरूले झापाको सहकारी आन्दोलनमा युवाहरूको सक्रियता उत्साहजनक रहेको र संजीवनी कम्पनीले भविष्यमा युवाहरूको विश्वास जित्ने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ