+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सामुदायिक वन उपभोक्ता महासङ्घको २१औं परिषद् सभा सम्पन्न

बाटिका अनलाइन
२०८२ बैशाख २७, शनिबार

बिर्तामोड, झापा ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ झापाको २१ औं परिषद् सभा सम्पन्न भएको छ।
महासंघका अध्यक्ष वेद प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय झापाका अधिकृत जीवन पाठक, प्रदेश महासंघ सचिवालय सदस्य ख्यामराज सिटौला, न्यायिक समिति संयोजक घनश्याम खनाल, लेखा सदस्य चन्द्रप्रसाद सिग्देल, सल्लाहकार सदस्य दिव्यप्रसाद कट्टेल र टिका नेपाल, तथा विभिन्न स्थानीय महासंघका अध्यक्षहरू जानुका ओली, भानुभक्त श्रेष्ठ, चेतराज भट्टराइलगायतको उपस्थिति थियो।

सभामा अध्यक्ष वेद प्रकाश भण्डारीले महासंघको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष देवी अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन्।

कार्यक्रममा आदर्श नमुना सामुदायिक वनका खगेन्द्र आचार्य, दियालो सामुदायिक वनका अमर राई (पूर्व अध्यक्ष), तथा स्थानीय महासंघतर्फबाट जानुका ओली, सल्लाहकार दिव्यप्रसाद कट्टेल र प्रदेश महासंघतर्फबाट ख्यामराज सिटौलाले मन्तव्य राखेका थिए। प्रमुख अतिथि रोहिणी गौतमले सामुदायिक वनको समृद्धि र संरक्षकत्वमा महासंघको भूमिका उल्लेखनीय रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

सम्मान तथा कदर
कार्यक्रममा उत्कृष्ट सामुदायिक वनका अध्यक्ष खेमप्रसाद ओली र धनराज गुरुङ, मागुरमाडी बिट नं. २ र भेलागुरी सामुदायिक वन, अर्जुनधारा नगर महासंघ, तथा उत्कृष्ट जिल्ला सदस्य श्यामराज पुरीलाई कदरपत्र, दोसल्ला र नेपाली टोपी ओढाएर सम्मान गरिएको थियो।

त्यसैगरी चन्द्रमान राई स्मृति कोष परिचालन समितिले डिभिजन वन कार्यालयका अधिकृत जीवन पाठक र पुर्वाञ्चल दैनिकका संवाददाता अमित साङपाङ (खम्बु) राईलाई जनही ७ हजार रुपैयाँ नगदसहित दोसल्ला, टोपी र कदरपत्र प्रदान गरी सम्मान गरेको थियो।

कार्यक्रमको स्वागत उपाध्यक्ष चन्द्र तामाङले गरेका थिए भने सञ्चालन महासंघका सचिव खिमप्रसाद आङबोले गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ