+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गिरिजा सभागृह अघि बढाउने ओलीको प्रतिबद्धता

बाटिका अनलाइन
२०८१ चैत्र १३, बुधबार

रासस

भद्रपुर, चैत १३ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुर नगरपालिका–८ स्थित गिरिजाप्रसाद कोइराला सभागृह निर्माण कार्यलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ।

आज प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सांसद कृष्णप्रसाद सिटौला, भद्रपुर नगरप्रमुख गणेश पोखरेलसहितको प्रतिनिधिमण्डलले भेट गर्दै अलपत्र अवस्थामा रहेको सभागृह निर्माण कार्य पुनः सञ्चालन गर्न ज्ञापनपत्र बुझाएको थियो। उक्त ज्ञापनपत्र प्राप्त गरेपछि प्रधानमन्त्री ओलीले निर्माण कार्य पुनः अघि बढाउने आश्वासन दिनुभएको हो।

निर्माण अलपत्र पर्नुको कारण

गिरिजाप्रसाद कोइरालाको नाममा निर्माणाधीन सभागृहको शिलान्यास २०७२ असार २८ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख तीन दलका शीर्ष नेताहरूले गरेका थिए। जिल्ला विकास समितिबाट दुई वर्षमा सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भए पनि पटकपटक अवधि थपिनु, बजेट अभाव तथा कानुनी जटिलताका कारण निर्माण कार्य अलपत्र परेको थियो।

नगरसभाको प्रस्ताव र प्रधानमन्त्रीको आश्वासन

प्रतिनिधिमण्डलले नगरसभाको निर्णयसहित विभिन्न विकल्प समावेश गरी सभागृह निर्माणलाई पुनः सञ्चालन गर्न सुझाव दिएको थियो। सोही अनुरूप प्रधानमन्त्री ओलीले आवश्यक बजेट तथा कानुनी प्रक्रियाहरू मिलाएर निर्माण कार्य अघि बढाउने प्रतिबद्धता जनाउनुभएको हो।

झापा तथा पूर्वी नेपालकै गौरवको परियोजनाका रूपमा रहेको यो सभागृह सम्पन्न भएपछि ठूलो जनसमुदाय लाभान्वित हुने विश्वास गरिएको छ। अबको प्राथमिकता सभागृह निर्माणलाई शीघ्र सम्पन्न गर्दै भद्रपुरलाई आधुनिक संरचनासहितको सहरका रूपमा विकास गर्नु रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ