+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मृगोला पीडितलाई जन्मदिनमा बस्नेतले गरे आर्थिक सहयोग

बाटिका अनलाइन
२०८२ भाद्र १०, मंगलवार

बिर्तामोड (झापा),१० भदौ : कर्णाली सहकारीका सचिव तथा सामाजिक अभियन्ता भुपाल बस्नेतले आफ्नो जन्मदिनको अवसरमा झापाको हल्दीबारीका १७ वर्षीय मृगौला पीडित विक्की महतोलाई आर्थिक सहयोग गरेका छन्।

मङ्गलबार बिर्तामोड–४ स्थित कर्णाली सहकारीको सभा हलमा आयोजित कार्यक्रममा बस्नेतले महतो परिवारलाई १० हजार रुपैयाँ सहयोग गरेका हुन्। सेयर सदस्य सुनिता महतोका छोराको दुवै मृगौला बिग्रिएपछि हाल भद्रपुरस्थित ओम साही पाथिभरा अस्पतालमा उपचार भइरहेको र आर्थिक समस्या देखिएको भन्दै उक्त सहयोग गरिएको हो।

कार्यक्रमका क्रममा कोरियामा रहेका जोनिस खड्काले बस्नेतलाई जन्मदिनको अवसरमा साइकल उपहार पठाएका थिए। जोनिसको आमा अर्चना सुवेदीको हातबाट कर्णाली सहकारीको सभा हलमै उक्त साइकल बस्नेतलाई हस्तान्तरण गरिएको हो।

सोही अवसरमा सहकारीका गारामुनि शाखा प्रमुख रविन कार्कीको पनि जन्मदिन परेकाले सहकारी परिवारले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा उपाध्यक्ष रामकुमार गौतम, भूमिका घिमिरे लगायत कर्मचारीहरूले बस्नेत र कार्कीलाई टोपी, खादा र माला अर्पण गर्दै शुभकामना व्यक्त गरेका थिए।

नरबहादुर–गंगामाया बस्नेत क्यान्सर पीडित सहयोग संस्थाका अध्यक्ष समेत रहेका भुपाल बस्नेत लामो समयदेखि आफ्ना दिवंगत बुवाआमाको स्मृतिमा सामाजिक कार्य गर्दै आएका छन्। विपन्न र पीडितलाई निरन्तर सहयोग गर्दै आएका उनी समाजसेवी अभियन्ताका रूपमा पहिचान बनाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ