+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रसुति गृह भवनको अवस्था दयनीय

बाटिका अनलाइन
२०८२ भाद्र १३, शुक्रबार

राजकुमार ओली काठमाडौँ, १३ भदौ (बाटिका अनलाइन)

प्रादेशिक मेची अस्पताल भद्रपुरमा १८ वर्षअघि भारतीय दूतावासको सहयोगमा निर्माण भएको २५ शैयाको प्रसूति गृह भवन हाल जीर्ण बन्दै गएको देखिएको छ ।
तत्कालीन भारतीय राजदूत शिव शंकर मुखर्जीले २०६४ साल जेठ १७ गते उद्घाटन गरेको यो भवन जीर्ण र भताभुङ्ग अवस्थामा देखिएको हो।

भारत सरकारको सहयोगमा झापा जिल्ला भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा प्रसूति सेवा सुविधा अभिवृद्धि गर्ने उद्देश्यले उक्त भवन निर्माण गरिएको हो। भवनसँगै आवश्यक फर्निचर तथा उपकरण पनि उपलब्ध गराइएको थियो। तर, हालसम्म नियमित मर्मत–सम्भार नहुँदा भवनको भित्तामा चिरा देखिनुका साथै भौतिक संरचना जीर्ण बन्दै गएको सेवाग्राहीहरूको भनाइ छ।

स्थानीयले जनस्वास्थ्य सेवा सुदृढ गर्ने लक्ष्यसहित निर्माण भएको संरचना छोटो समयमा नै खस्त अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरू भन्छन्, “ठेक्का कार्य स्थानीय कम्पनीले पाएको सुन्ने गरिन्छ, तर गुणस्तरीय निर्माण नभएकै कारण १८ वर्षमै भवन यस्तो भएको हो।”

स्वास्थ्यकर्मीहरूका अनुसार प्रसूति गृह अझै प्रयोगमा रहे पनि भविष्यमा यसै गरी उपेक्षा गरिएको खण्डमा भवन उपयोगविहीन हुने खतरा बढेको छ। “वर्षौअघिको लगानी खेर जान नदिने हो भने तत्कालै मर्मत–सम्भार गर्नुपर्छ,” अस्पतालका एक कर्मचारीले बताए। मेची अस्पतालको हालको नयाँ भवनमा पनि निकै समस्या समस्याहरू देखिएका छन् यो विषयमा गम्भीर नबन्ने हो भने राज्यको अर्बौं लगानी को विषयमा प्रश्न उठेको छ।
नागरिकको पहिलो महत्वपूर्ण स्वास्थ्य अवस्था नै भएकोले पनि स्थानीयको समेत चासो बढेको देखिएको हो।

यस्तै, नागरिक समाजका प्रतिनिधिहरूले भारत सरकारको सहयोगमा बनेका संरचनाहरू दीर्घकालीन प्रयोगयोग्य बनाउन नेपाल सरकारले पनि दिगो योजना बनाउनुपर्ने सुझाव दिएका छन्।

नेपाल–भारतबीच स्वास्थ्य क्षेत्रको सहकार्यका दृष्टिले यो भवन महत्वपूर्ण मानिन्छ। तर, नियमित मर्मत अभावका कारण अवस्था जीर्ण हुँदा स्थानीय नागरिक राजबाबु शंकरले प्रश्न उठाएका छन्– “लगानी त ठूलो भयो, तर संरक्षण किन भएन ?”

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ