+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाहुनडागीदेखि ज्यामिरगढीको जनताको जनमत: निशा डाँगीको फराकिलो मतान्तर

बाटिका अनलाइन
२०८२ फाल्गुन २३, शनिबार

मेचीनगर, २३ फागुन। झापा क्षेत्र नं. १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगी अग्रस्थानमा देखिएकी छन्।
शनिबार बिहान साढे ११ बजेसम्मको निर्वाचन कार्यालयको विवरण अनुसार कुल ५३ हजार ३ मत गणना हुँदा रास्वपाको घण्टी चुनाव चिन्हबाट उम्मेदवार डाँगीले २७ हजार ७६७ मत प्राप्त गर्दै अग्रता लिएकी हुन्।
उनको पछाडि श्रम संस्कृति पार्टीका माटो चिन्हका उम्मेदवार केवलराम राईले ७ हजार १५४ मत ल्याएका छन्। त्यसैगरी नेपाली कांग्रेसका रूख चिन्हका उम्मेदवार केशवराज पाण्डेले ६ हजार ८१८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सूर्य चिन्हका उम्मेदवार रामचन्द्र उप्रेतीले ५ हजार ३८७ मत ल्याएका छन्।
अन्य उम्मेदवारमध्ये राप्रपाका हलो चिन्हका उम्मेदवार प्राेफेसर हेमराज कार्कीले १ हजार ४२ मत, नेपाल कम्युनिस्ट पार्टीका तारा चिन्हका उम्मेदवार इन्जिनियर अशेष घिमिरेले ५९९ मत, मंगोल नेशनल अर्गनाइजेशनका भाले चिन्हका उम्मेदवार सन्तोष तामाङले ८१० मत प्राप्त गरेका छन्।
यसैगरी उज्यालो नेपाल पार्टीका बलिरहेको बिजुली चिन्हका नरेशकुमार लावतीले ३४१ मत, नेपाल मजदुर किसान पार्टीका मादल चिन्हका हिरण्यप्रसाद भट्टराईले १७ मत, नेपाल जनमुक्ति पार्टीका घर चिन्हका खान्द्रु करूवाले १४ मत प्राप्त गरेका छन्।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका खुकुरी चिन्हका मानबहादुर सावाँ लिम्बुले ८९ मत, स्वतन्त्र उम्मेदवार क्यामेरा चिन्हका गणेशकुमार खरेलले १९ मत र क्याप चिन्हका दुर्गाप्रसाद सावाँ लिम्बुले ७० मत ल्याएका छन्।
त्यसैगरी जनता समाजवादी पार्टी नेपालका छाता चिन्हका रमा मेचेले १७ मत र नेपाल सद्भावना पार्टीका पञ्जा छाप चिन्हका ओलिन राजवंशीले ६८ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालय मेचीनगरका अनुसार हालसम्म २ हजार ७९१ मत बदर भएका छन्। मतगणना कार्य जारी रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बाटिका अनलाइन

ट्रेन्डिङ